सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री ओलीले भने– तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताएका छन् । ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ उनले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’

साथै, प्रधानमन्त्री ओलीले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार