काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनका कारण भएको क्षतिलाई लिएर पूर्वराजाले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले यति बताएसँगै राप्रपाका सांसदले ओलीको विरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने, ‘व्यवस्था मास्ने कुरा मैले यहाँ उठाएको छु । सबैले संविधान र व्यवस्था मान्नुपर्छ । हल्ला गरेको भरमा हुँदैन । आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुन्न । पूर्वराजाले पनि पाउनुहुन्न ।’