सोमवार, आश्विन १९ गते २०८३

महामन्त्री शर्मा भन्छन्– राजावादीको आन्दोलनमा दुई होनहार युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिँसात्मक आन्दोलनमा दुई होनहार युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा आक्रोस व्यक्त गरेका छन् । 

‘शान्तिपूर्ण भनिएको आन्दोलनको नाममा दुईजना होनहार युवाको मृत्यु भयो, तर निर्मल निवासलाई दुखेन,’ शर्माले आजको संसद् बैठकलाई सम्बोधन गर्दै भने, ‘नागरिक मर्दा धेरैलाई दुख्यो तर, निर्मल निवासलाई दुखेन । म सोध्न चाहन्छु-तीनकुनेलाई दुख्दा, हृदय नदुख्ने कस्तो राजा चाहिएको हो ?’ प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाका सांसद्ले गरेको अवरोधप्रति पनि शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीले बोल्दै गर्दा प्रतिवाद गर्न नपाइएको संसद् नियमावलीको पनि ख्याल गर्न आग्रह गरेका छन् । 

राजा संवैधानिक भएर बस्न नमानेपछि मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै उनले राजावादीको आन्दोलनमा  लागेकाहरुलाई इतिहासको ख्याल गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार