सोमवार, आश्विन १९ गते २०८३

सांसद अमरबहादुर थापाले भने– आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको भलो गर्दैन

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले राजावादीको आन्दोलनले आफ्नो पार्टीलाई निसानामा बनाएकोक बताएका छन् । संसद्को विशेष समयमा बोल्दै थापाले आफ्नो पार्टी कार्यालयमा गएर विधंस मच्चाएर आगजनी समेत भएको बताएका छन् ।

थापाले भने, ‘घरघरमा पसेर लुटपाट भयो । कस्तो राजा खोजेको हो ? जनतालाई लुट्ने राजा खोजेको हो कि ? जनतालाई सम्मान गर्ने राजा खोजेको हो ? यो कुरा जनताले बुझ्न जरुरी छ, । ‘यदी राजा असल थिए भने यो देश स्वीट्जरल्यान बनिसक्थ्यो । १२ पुस्तासम्मको वंशले काठमाडौं महानगरपालिका कब्जा गथ्र्यो होला । राजा वीरेन्द्र मर्दा किरिया गर्नेसमेत मान्छे नभेट्ने आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको प्रगती हुँदैन ।’ पञ्चायत कालमा काण्डैकाण्ड भएको सम्झाउँदै उनले भने, ‘त्यतिबेला मुर्ति चोरिएका हुन्थे । अस्मिता लुटिएका हुन्थे । मान्छे सडकमै गाडीले किचेर जान्थे ।’

राजावादीले आन्दोलनमाा पत्रकारलाई जिउँदै जलाएर मारिएको भन्दै राज्यले बल प्रयोग गर्न नसकेको बताएका छन् । उनले प्रश्न गरे ‘२०४६ सालको सम्झौता मान्नपर्छ भन्ने हो भने २००७ सालको राणा पनि मान्ने र राणा शासन पनि ल्याउने हो, ?’ । राज्यलाई गम्भीर बन्न पनि थापाले सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार