काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दिपकराज जोशीले ७८९ मत ल्याउदै सभापतिमा निर्वाचित भएका हुन् ।
कुल ३ हजार १ सय १८ मत खसेकोमा जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे । त्यस्तै, अखिल क्रान्तिकारी प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे । अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १ सय ६६ र उज्जवल खड्काले ७ सय १७ मत प्राप्त गरेका छन् ।