मंगलवार, आश्विन १३ गते २०८३

संविधान परिवर्तन गरेर भए पनि तेस्रो पटक राष्ट्रपति बन्ने सोचमा छु : ट्रम्प

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रोपटक राष्ट्रपति बन्ने बारेमा  विचार गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्री बन्न संविधान पनि परिवर्तन गर्ने विषयमा सोचिरहेको बताएका छन्। 

एनबीसी न्यूज च्यानललाई दिइएको अन्तर्वार्तामा तेस्रोपटक राष्ट्रपतिबन्ने कुरा मजाक नगरेको स्पष्ट पारे। ट्रम्पको कार्यकाल २०२९ मा समाप्त हुनेछ।

अमेरिकामा दुई पटक राष्ट्रपति बन्ने प्रावधान छ। ट्रम्प नोभेम्बरमा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन्। यसअघि उनी २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। यदि ट्रम्पले तेस्रो पटक राष्ट्रपति बन्ने प्रयास गरे भने उनले यसका लागि संविधान संशोधन गर्नुपर्नेछ। यसका लागि अमेरिकी कांग्रेस र राज्यहरूको समर्थन आवश्यक पर्नेछ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार