मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पको धम्कीपछि इरानको चेतावनी– आक्रमण गरिए आणविक हतियार बनाइन्छ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईका एक सल्लाहकारले अमेरिका वा यसका सहयोगीले आफ्नो देशमाथि आक्रमण गरे आणविक हतियार बनाउन बाध्य हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम बन्द गर्ने सम्झौता नगरे बम प्रहार गर्ने धम्की दिएपछि इरानका तर्फबाट यस्तो चेतावनी आएको हो ।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार, खामेनेईका सल्लाहकार अली लारिजानीले इरानको राष्ट्रिय टीभीसँगको कुराकानीमा आफ्नो देश आणविक हतियार बनाउनेतर्फ नलागेको बताए । तर, अमेरिकाले इरानी आणविक विषयमा गलत कदम चाले आफूलाई बचाउन पनि त्यसतर्फ अघि बढ्न बाध्य हुने उनले स्पष्ट पारे ।

गएको शनिबार एनबीसी न्युजसँग अमेरिकी राष्ट्रपति ट्रम्पले इरान आणविक सम्झौता गर्न सहमत नभएमा बम प्रहार गर्ने धम्की दिएका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार