सोमवार, श्रावण २५ गते २०८३

चैत्र २० गतेदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । चैत्र २० गतेदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने भएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका छन् । विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् । शिक्षकहरूले माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ । आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार