आइतवार, श्रावण २४ गते २०८३

ओली सरकारका मन्त्री र कर्मचारीको विदेश भ्रमण : गर्लफ्रेन्डदेखि श्रीमतीसम्म लग्छन्

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्री र  मन्त्रालयका कर्मचारीहरुले विदेशमा हुने कार्यक्रममा भाग लिन आफ्नी गर्लफ्रेन्ड र श्रीमतीलाई विदेश घुमाएको पाइएको छ । गत कात्तिकको अन्तिम साता स्पेनको क्माड्रिडमा ‘टुवार्ड अ लेबर इन्टरनेशनल’ नामको एक कार्यक्रम आयोजना भएको थियो ।

सो कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारीले आफ्नी गर्लफ्रेन्ड निर्जला राउतलाई पनि स्पेन लगेका थिए । उनले मन्त्रीस्तरबाट निर्णय गराएर पूर्वसांसद समेत रहेकी निर्जलालाई विदेश घुमाएका हुन् । मन्त्री भण्डारी प्रेमिका निर्जलासँग लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहँदै आएका छन् । 

मन्त्री भण्डारीकी जेठी पत्नी रश्मी हुन् । मन्त्रीले नै गर्लफ्रेन्डलाई विदेश लैजाने भएपछि कर्मचारीहरुले पनि त्यसको फाइदा उठाए । मन्त्रालयका सहसचिव सूर्यबहादुर खत्रीले पनि श्रीमती मिट्टु थापालाई भ्रमण टोलीमा समावेश गराए । मन्त्री र सहसचिवले जोडी लिएर जाने भएपछि उपसचिव कविराज उप्रेतीले पनि आफ्नी पत्नी शोभा रिजाललाई भ्रमण दलमा सामेल गराए ।

मन्त्री र कर्मचारीले आफ्नै पैसामा विदेश घुम्नको लागि आफ्नी गर्लफ्रेन्ड वा श्रीमती लैजाउन, यो कुनै सरोकारको विषय पनि भएन । यहाँ प्रश्न के हो भने, मन्त्री र कर्मचारीले सरकारी कामका लागि विदेश भ्रमण जाँदा फजुल खर्च रोक्नु पर्दैन ? हाल नेपालको अवस्था राजस्वले कर्मचारीलाई तलब खुवाउन पनि पुगिरहेको छैन। जसमा सरकारले अन्य देशसँग लिएको ऋणबाट कर्मचारीलाई तलब खुवाइरहेको छ । यस्तो अस्थामा अनावश्यक विदेश भ्रमण लगायतका फजुल खर्च रोक्नुपर्ने हो । तर, ओली सरकारमा रहेका मन्त्री र मन्त्रालयका कर्मचारीहरुले विदेशमा हुने कार्यक्रममा भाग लिन सरकारी खर्चमा श्रीमतीलाई विदेश घुमाउने गरेका छन् । 

के श्रीमतीलाई विदेश घुमाउँदा लागेको सरकारी खर्च मन्त्री, सहसचिव र उपसचिवले फिर्ता गर्छन ? अँह कुनै पनि हालतमा गर्दैनन् । सत्तामा भएकाहरु विलासी जिवन जिउछन् । मारमा पर्ने भनेका जनता मात्रै हुन् । 

नेपालको सार्वजनिक ऋण २७ खर्व नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण २६ खर्व ७६ अर्ब तीन करोड छ । यसकै आधारमा हेर्दा हरेक नेपालीको टाउकोमा ९० हजार ऋणको भार परिसकेको छ । अर्थात नेपालमा एक बच्चा जन्मदा उसले ९० हजार ऋण बोकेर आउँछ । यसमध्ये आन्तरिक रुपमा ०.४३ प्रतिशत र वाह्य र ऋण १९.५७ प्रतिशत हो । जबकी चालु आर्थिक वर्षको बजेट नै १८ अर्ब हो । तर, ऋणले देशको बजेटलाई पनि नाघेको छ । यसको अर्थ देश ऋणको जालोमा फस्ने संकेत देखिन थालिसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार