सोमवार, श्रावण २५ गते २०८३

शिक्षकहरू आजदेखि आन्दोलनमा

बुधवार , चैत्र १९, २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरू बुधबारदेखि काठमाण्डु केन्द्रित आन्दोलन गर्दैछन् नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा सहभागि हुन देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुँदैछन् ।

आन्दोलनमा आउन शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ । महासंघले ‘काठमाडौँ जाऔँ’ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनशनरत शिक्षकले सरकारले मागको सुनुवाइ नगरेका कारण देशभरका शिक्षक राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन महासंघले सर्कुलर जारी गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए ।

बुधबार दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ ।

बिहीबारदेखि हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर– बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार