काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटमा संस्कृति र पर्यटन क्षेत्रसहित विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सल्लाहकार विष्णुप्रसाद रिमाल, डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र सचिव अमृतबहादुर राई, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत थिए । शिनावातले सरकारी भवनमा ओलीलाई स्वागत गरेकी थिइन् । सम्झौतासँगै दुई देशका संस्थाबीच ६ सहमतिपत्र आदानप्रदान गरिएको छ ।
त्यसपछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुबै राष्ट्र प्रमुखले विभिन्न क्षेत्रमा सहकार्यलाई जोड दिने बताएका छन् । शिनावातले आयोजना गरेको दिवभोजमा ओली सहभागी हुने छन् । आजै उनले थाइ नरेश महा बजिरालोङकर्नसँग भेट्ने कार्यक्रम रहेको छ ।