सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा ३४८१ जना संक्रमित थपिए, ३० जनाको मृत्यु

बुधवार , श्रावण २७, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । जसमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । भने १ हजार ८८५ जना संक्रमणमुक्त भए ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् ।

जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । यसैविच बुधबार काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार