मंगलवार, आश्विन १३ गते २०८३

इजरायली आक्रमण : गाजामा ८० बढीको मृत्यु

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । गाजा क्षेत्रमा इजरायलले निरन्तर आक्रमण गरिरहेको छ ।

पछिल्लो आक्रमणमा परी ८० जनाभन्दा धेरैको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा भएको इजरायली आक्रमणमा परी ८० भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको अलजजिराले लेखेको छ ।

इजरायलले जबालिया शिविरमा रहेको संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सीको क्लिनिकमा पनि आक्रमण गरेको छ । यस आक्रमणमा मात्रै महिलाहरू र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

यस आक्रमणको विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले निन्दा गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार