आइतवार, श्रावण २४ गते २०८३

वाईफाईको गलत नाम राख्दा मोबाइलको वाईफाई नै डिसेवल हुनसक्छ !

सोमवार , आषाढ २१, २०७८

काठमाडौं । हामीले वाईफाईको नाम आफ्नो सहजता अनुसार राख्ने गर्छौं । त्यसमध्ये केही नाम रमाइलोका लागि पनि राख्ने गरिन्छ । यसरी रमाइलोका लागि राखिने केही नामले भने तपाईंको मोबाइलको वाईफाई नै डिसेवल गरिदिने एक अध्ययनले देखाएको छ ।

साइबर सुरक्षाका एक अनुसन्धानकर्मी कार्ल साओले प्रतिशत चिन्ह अर्थात् ‘%’ प्रयोग गरेर वाईफाईको नामा राख्दा आईओएस तथा अन्य डिभाइसमा वाईफाई नै डिसेवल हुने बताएका छन् ।

उनले ट्वीट गर्दै नेटवर्क नेम %कभअचभतअगिद%उयधभच को रेन्जमा आईफोन आइपुगेको खण्डमा वाईफाई स्वतः डिसेवल हुने र यससम्बन्धी कुनै फिचर प्रयोग गर्न नसकिने उल्लेख गरे ।

उनले प्रतिशत चिन्ह प्रयोग गर्दा नेटवर्क सेटिङमै समस्या आउने र उक्त समस्या समाधान हुने÷नुहने पनि यकिन नभएको बताएका छन् ।

त्यसैगरी साओ र उनको क्लब ‘सेक्रेट क्लब’ ले नै %उ%क%क%क%क%ल वाईफाई नाममा कनेक्ट भएको अवस्थामा मोबाइल नेटवर्क डिसेवल हुने पत्ता लगाएको थियो । भने, उक्त विषय बगको रुपमा एप्पलमा दर्ता गरिएको थियो ।

अहिले उनले नै प्रतिशत चिन्ह (%) प्रयोग गरेर वाईफाई नाम राख्दा मोबाइलको वाईफाई नेटवर्कमा समस्या आउने बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार