मंगलवार, आश्विन १३ गते २०८३

श्रीलंकाकी समकक्षी अमरासुरिया र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काकी प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड गएका सदस्य मुलुकका राष्ट्रप्रमुख-सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको हो ।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी भएका थिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार