आइतवार, श्रावण २४ गते २०८३

आन्दोलनको मैदानमा शिक्षकहरूसँग भेट हुँदा खुसी हुन सकिएन : चन्द्र भण्डारी

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षकहरू समाजका अभिभावक भएको बताएका छन् ।

काठमाडौंमा शिक्षक आन्दोलन चलिरहँदा फेसबूकमा लेखेका भण्डारीले भनेका छन्- शिक्षक हाम्रो वर्तमान र भविष्यका दर्पण हुन्, कस्तो समाज हामी बनाउन चाहन्छौँ, त्यस समाजका पहिलो अभिभावक हुन् । भण्डारीले अहिले उनीहरूमाथि असुविधा, पेशाप्रतिको असुरक्षा र अपमान भएको भन्दै त्यो समाजको पनि अपमान भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘तसर्थ, हामी भविष्य निर्माता शिक्षकका साथमा छौँ । शिक्षकका जायज माग पूरा गर्न र गराउन हामी सबै प्रतिबद्ध छौँ । आन्दोलनको मैदानमा शिक्षक साथीहरूसँग भेट गर्नुपर्दा खुसी हुन सकिएन । त्यसको नैतिक जिम्मा मेरो पनि हो, ।’

शिक्षकहरू उपत्यकामा आन्दोलन गरिरहेका छन् । उनीहरूले यथाशीघ्र आफ्ना मागहरू पूरा गर्नुपर्ने सरकारसँग माग राखेका छन् । सरकारले उनीहरूलाई वार्ताका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार