काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ ।
यससँगै उनी पदमा फर्किने बाटो बन्द भएको छ । संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित भएको महाभियोगलाई अनुमोदन गर्दै उनलाई पदच्युत गरिदिएको हो ।
युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेपछि विरोध भएको थियो । त्यसकै कारण उनीमाथि महाअभियोग लगाइएको थियो ।
योललाई महाअभियोग लागेपछि त्यहाँका प्रधानमन्त्री हान डक-सू कार्यवाहक राष्ट्रपति बनेका छन् । उनलाई पनि महाअभियोग लगाइएको थियो । तर, उनको महाअभियोग अदालतले खारेज गरिदिएको थियो ।