काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि दुई नेताबीच भेटवार्ता भएको हो । यसअघि बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग ओलीले भेटवार्ता गरेका थिए ।
यसअघि ओली र मोदीबीच अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।