मंगलवार, आश्विन १३ गते २०८३

ओलीसँगको भेटवार्ता फलदायी भयो : नरेन्द्र मोदी

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी भएको बताएका छन् । दुई नेताबीच आज थाइल्यान्डको बैंककमा भेट भएको थियो ।

भेटबारे मोदीले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथिमकतामा राखेर छलफल गरिएको बताएका छन् । मोदीले भनेका छन्, ‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रका बारे छलफल गर्‍यौँ, ।’ ‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट विशेष गरी विपद् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रबारे पनि केही कुरा गरेका छौँ ।’

उनले भनेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो, । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’ आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार