आइतवार, श्रावण २४ गते २०८३

शिक्षकका माग सम्बोधन गर्न सरकार दृढताकासाथ अघि बढेको छ: शिक्षामन्त्री

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार दृढताका साथ अघि बढेको बताएकी छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

बिहीबार उपप्रधानमन्त्री, गृहमन्त्री तथा दलका सचेतकहरूसहितको बैठकले शिक्षा विद्योयकलाई ऐनको रूप दिने प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्षमा पुगेपछि शिक्षकहरूलाई वार्ताका लागि बोलाइएको उनले बताइन्।

सरकारका तर्फबाट शिक्षक संघ संगठनहरूलाई छलफलमा बस्न औपचारिक पत्राचार गदै शुक्रबार दिउँसो ३ बजेलाई बैठक राखिएको थियो। तर, केही शिक्षकहरू नआएपछि बैठक स्थगित गरिएको र फेरि संवाद गर्ने गरी वातावरण बनाइने उनले जानकारी दिइन्।

शिक्षक संघ संगठनले भने कुनै सहमतिका लागि नभइ अध्यादेश वा संसद्को विशेष अधिवेशनमार्फत् शिक्षा ऐन जारी गर्नेबारे छलफल हुने भए मात्रै वार्तामा बस्ने अडान लिएका छन्। शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राखेर विगत तीन दिनदेखि देशभरका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार