काठमाडौं। आगामी १४ औं महाधिवेशनको टुंगो लगाउनका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यलय सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठकमा महाधिवेशनको निर्वाचन कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदन र निर्वाचन निर्देशिका पारित गर्ने मुख्य एजेन्डा छन्।
यअघि आजको बैठकमा पेश गर्ने विषयको एकीकृत धारणा तय गर्न सभापति देउवा निवास बुढानिलकण्ठमा गएराति अबेरसम्म शीर्ष नेतासहित देउवापक्षिय नेताको बैठक पनि बसेको थियो।
कांग्रृेस महाधिवेशन र क्रियाशिल सदस्यताको विषयमा लिएर कांग्रेसभित्र विवाद कायमै छ। सभापति देउवा आगामी भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन सार्ने पक्षमा छन भने वरिष्ठ नेता पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्।