मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट हुँदा रुस सरकार दबाबमा

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य गिरावट हुँदा रुस सरकार दबाबमा छ । रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाए पनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।


‘टेरिफ वार’ चलिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेलमा आइपुगेको छ । यता रुसको ‘युरल्स ओयल’ को मूल्य खस्किएर ५० डलर प्रतिब्यारेलमा झरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार