काठमाडौं । लुम्बिनी प्रदेशमा आज विपक्षी गठबन्धनले सरकारका लागि दाबी पेस गर्दै छ। कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो।
प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन्।प्रदेश प्रमुखले दिएको समय सिमामा विपक्षी दलले सरकारका लागि आह्वान गर्न लागेका हुन्।
हिजो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनी सरकार परिवर्तन हुन लागेको हो। विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।