आइतवार, कार्तिक ९ गते २०८३

पर्वतमा आफ्नै बुबा र काकाले गरे छोरीलाई बलत्कार, प्रहरीले गर्यो पक्राउ

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं। छोरीलाई बलत्कार गरेको आरोपमा पर्वत प्रहरीले बुबा र काकालाई पक्राउ गरेको छ। छोरीलाई बलात्कार गर्ने ४४

वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको हो। सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेका बुबा र काका विरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार