आइतवार, आश्विन २५ गते २०८३

लुम्बिनीको मुख्यमन्त्रीमा केसी दावी, गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै ४२ जना सांसदको हस्ताक्षर बुझा्रइएको छ ।

चार दलिय गठबन्धले प्रदेश प्रमुख आमिक शेरचनसमक्ष माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई ४२ जना सांसदको समर्थन बुझाएका हुन्। गठबन्धन संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन्।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन्। गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ। केसी आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार