मंगलवार, आश्विन १३ गते २०८३

अमेरिका र चीनबीच व्यापार युद्ध: ट्रम्पले कर बढाएर पुर्‍याए १२५ प्रतिशत

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १२५ प्रतिशत कर (भन्सार महसुल) लगाउने घोषणा गरेका छन्। जुन तुरुन्तै लागू हुनेछ।

साथै बाँकी विश्वका लागि ९० दिनको ‘स्थगन’ स्वीकृत गरी यस अवधिमा पारस्परिक ट्यारिफ १० प्रतिशतमा घटाइएको उनलेे उल्लेख गरेका छन्। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यो जानकारी दिँदै चीनले विश्व बजारप्रति सम्मान नदेखाएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदै छु, जुन तुरुन्तै लागू हुनेछ। आशा छ- चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्‍याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन।’

यसअघि अमेरिकाले चीनलाई १०४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो, त्यसपछि चीनले पनि अमेरिकाविरुद्ध थप ५० प्रतिशत कर लगाएर बदला लियो। यसको अर्थ अमेरिकाविरुद्ध पहिलेको ३४ प्रतिशतको सट्टा कूल ८४ प्रतिशत भन्सार लाग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार