आइतवार, श्रावण २४ गते २०८३

त्रिविका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।

बरालको आज राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बरालले चैत्र १५ गते सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।

बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार