काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नेतृत्वको साझा न्युनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले नमानेको बताएका छन्।
काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा प्रधानमन्त्री देउवाले यो कुराको खुलासा गर्नु भएको हो। आको भेलामा उपसभापति विमेन्द्र निधीले एमसीसीबारे प्रश्न उठाएका थिए।
निधीको प्रश्नको जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् ।
साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए ।
मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गरेका थिए ।