बुधवार, आश्विन १४ गते २०८३

चट्याङ लागेर ४ जनाको मृत्यु

बिहिवार , चैत्र २७, २०८१

काठमाडौँ । बुधबारको हावाहुरीसहित परेको वर्षा र चट्याङले विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर झापा, मोरङ, रोल्पा र अर्घाखाँचीमा गरेर ४ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाईते भएका थिए । घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिल स्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

यताअर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरस्थित लिसेपानी गाउँका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको छ ।घरको दलानमा बसिरहेका अवस्थामा आज बिहान चट्याङ लागेर बेहोस भएका उनलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य परिवार भने सकुशल छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार