आइतवार, श्रावण २४ गते २०८३

सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो, सहमति शुक्रबार सार्वजनिक हुने

बिहिवार , चैत्र २७, २०८१

काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गर्ने जनाएको छ । 

आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने ।

वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार