मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पले चीनमाथि भन्सार शुल्क बढाएर १४५ प्रतिशत पुर्‍याए

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौँ । अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ ।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा समावेश नगरिएको भन्दै त्यसलाई पनि समावेश गर्ने स्पष्ट पारेको हो ।

यसअघि चीनले पनि अमेरिकाबाट आयात हुने सामानहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार