मंगलवार, आश्विन १३ गते २०८३

बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौँ । भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ । बिहारको पूर्वी राज्यका विभिन्न जिल्लाहरूमा बिहीबार परेको असिना पानीका कारण २५ जनाको मृत्यु भएको हो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् । विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार