आइतवार, श्रावण २४ गते २०८३

मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । वि.सं. २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । 

यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन् । 

अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए । विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक सङ्ख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार