आइतवार, श्रावण २४ गते २०८३

शिक्षकहरूले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने

मंगलवार , बैशाख २, २०८२

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

आन्दोलनरत महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । महासंघले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने निर्णय गरेको छ ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार