काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बैसाख ११ गते देखि सञ्चालन हुने कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । बोर्डले आज सार्वजनिक विज्ञेप्ती जारी गर्दै परीक्षा नहुने भन्दै भ्रम फैलाउने समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो ।
परीक्षासम्बन्धि आधिकारिक सूचना बोर्डले आफनो बेभसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ । अन्य माध्यमबाट आएको सूचनामा भर नपर्न समेत बोर्डले आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर चैत्र २० गते देखि आन्दोलन सुरु गरेको शिक्षकहरु कक्षा १२ को परीक्षामा सामेल नहुने जनाईसकेका छन् । कक्षा १२ को परीक्षा आगामी साता सुरु हुने तालिका रहेको छ ।
१६ दिन देखि शिक्षकहरू आन्दोलनमा भएका कारण विद्यार्थीमा परीक्षा हुन्छ कि हुदैन भन्ने अन्यौल कायम नै छ । आन्दोलनका कारण परीक्षा सञ्चालन तयारी रोकिएको छ । यस बर्ष करिव ५ लाख विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सामेल हुने भएका छन् ।