आइतवार, आश्विन २५ गते २०८३

एमाले नेताप्रति मातृका यादवको आक्रोस : भने हुटिट्याउँले आकास थामेजस्तो दम्भ छोड्नुहोस् 

ओलीले प्रधानमन्त्री बन्नकै लागि गठबन्धन, आन्दोलन र पार्टीसमेत बर्बाद पारेको आरोप

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले नेताहरूप्रति बिहीबारको संसद बैठकमा आक्रोश पोखेका छन् । आफूहरुले जे गर्दा पनि ठिक हुने तर अरुले गर्दा बेठीक हुने एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ भएको उनले आरोप लगाए । ओलीले प्रधानमन्त्री बन्नकै लागि गठबन्धन, आन्दोलन र पार्टीसमेत बर्बाद पारेको आरोप लगाए । 

यादवले भने, ’हुटिट्याउँले आकास थामेजस्तो कुरा गर्ने । जतिबेला पनि परमादेशको कुरा गर्ने । भ्रष्टाचार गर्दिन भन्ने अनि भ्रष्टाचारको ढाकछोप गर्ने ।’ उनले विदेशी बैंकमा भएको कालो धनबारे छानबिन हुन पर्ने समेत माग गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई एमाले नेताहरुले परमादेशको सरकार भनेपछि सांसद यादवले आक्रोश पोख्दै भने, ’देशमा कोरोना जस्तै प्रतिगमन फैलिएको बताए । उनले परमादेश भन्ने साँसदहरुलाई पदबाट राजीनामा दिए हुने धारणा समेत राखे ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार