आइतवार, श्रावण २४ गते २०८३

सत्ता गठबन्धमा खटपट : देउवा र आरजु किन उडे थाइल्याण्ड ? 

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारका लागि देउवा थाइल्याण्ड प्रस्तान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

देउवा थाइल्याण्ड प्रस्थान गरेपछि नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।

देउवा आइतबार पत्नी आरजुलाई लगेर थाइल्याण्ड उडेका हुन् ।  यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु थाइल्याण्ड गएको जनाइएको छ ।

त्यस्तै नेपाली कांग्रेसका अनुसार देउवा भने आँखाको उपचार गर्न बैंकक गएका हुन् । यसअघि देउवाले आफ्नो स्वास्थ्य उपचार सिङ्गापुरमा गर्ने गरेका थिए । तर, यसपटक भने पत्नी आरजुसँगै देउवा बैंकक उडेका हुन् । 

शुक्रबार बसेको पार्टीको बैठकमा कांग्रेसका नेताहरुले देउवालाई सोधेको थिए, ‘तपाईँ उपचारका लागि  सिङ्गापुर जानुहुन्थ्यो । तर, यसपटक भने थाइल्याण्ड जानुको उदेश्य के हो ?’ जवाफमा हास्दैँ देउवाले भने, ‘ स्वास्थ्य जस्तो कुरा छ । अब जहाँ राम्रो लाग्यो त्यहाँ जानुपर्छ । सबै  सिङ्गापुर जानुपर्छ भन्ने पनी छैन नी ।’

सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी शर्मा ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ।

सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउन थालेको छ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डे देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् । 

पछिल्ला दिनमा गठबन्धनभित्रबाट हुने नियुक्ति, सरुवा, बढुवा आदिमा ओली एकछत्र हाबी भइरहेको भन्दै कांग्रेसका नेताहरुले ओलीको चौतर्फी आलोचना गरिरहेका छन् ।

त्यति मात्र नभइ सभापति देउवालाई ओलीको साथ छाड्न पनि कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् । सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेका देउवा र आरजु थाइल्याण्डको राजधानी बैंकक जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार