काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।
संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । बिहिबार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको मन्त्रालयले जनाएको छ । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।