आइतवार, श्रावण २४ गते २०८३

प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी ज्ञानुता विश्वकर्मा पोखराबाट पक्राउ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् । उनलाई पोखरा महानगरपालिका-७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् ।

अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार