काठमाडौं । सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक/प्रधानाध्यापकहरूले भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।’ उनीहरूले आन्दोलनकै क्रममा सडकबाटै परीक्षामा सामेल नहुने निर्णय गरेका हुन् ।
शिक्षकहरू विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् ।