आइतवार, श्रावण २४ गते २०८३

शिक्षक महासंघले गर्‍यो कक्षा १२ को परीक्षा बहिष्कार (विज्ञप्तिसहित)

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षासहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र. अ. तथा शिक्षक-कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ, त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’

यस्तै शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन सबैसँग विज्ञप्तिमा आह्वान गरिएको छ ।

सरकारले भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार