आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित (नयाँ) समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८२ वैशाख २१ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । वैशाख २१ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा जेठ २ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२०८२ वैशाख ११ गतेदेखि वैशाख २४ गतेसम्म हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनले गर्दा १० दिन सारेर २१ गतेदेखि सञ्चालन हुने भएको हो ।

यस्तो छ परीक्षाको समय तालिका :–

1745404570_Notices-202504231550386024 (1)_page-0001.jpg

1745404570_Notices-202504231550386024 (1)_page-0002.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार