काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता रघुजी पन्तलाई शिक्षामन्त्री बनाएका छन् । बुधबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
चैत २० गतेदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न लागि परेकी शिक्षामन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन बाध्य बनाएका थिए । ताकी, शिक्षा मन्त्रालय सम्बन्धी ज्ञान र जानकार थिइन भट्टराई । उनले २७ वर्ष क्याम्पसमा अध्यापन गराएकी थिइन ।
भट्टराई त्रिभुवन विश्वविद्यालयको प्राध्यापक समेत बनेकी थिइन । उनको अधिकांश समय शिक्षाको सुधारमै खर्च भएको छ । भट्टराई शिक्षा मन्त्रालय हाँक्न सक्ने मन्त्री थिइन् । तर, ज्ञान भए पनि प्रधानमन्त्री ओलीले साथ दिएनन् । काम गर्न खोज्दा पनि प्रधानमन्त्रीको साथ नपाएपछि अन्तिममा उनले राजीनामा दिइन् ।
त्यसपछि प्रधानमन्त्री ओलीले बुधबार आफ्नो पक्षमा उभिने रघुजीलाई शिक्षामन्त्रीको कुर्सीमा बसालेका छन् । शिक्षा मन्त्रालय सम्बन्धी रघुजीलाई कुनै पनि ज्ञान छैन भन्दा फरक नपर्ला । रघुजीले स्नातक तहमा कलाकारिता अर्थात ‘फिल्म’ विषय लिएर अध्ययन गरेका हुन् । अब फिल्म पढेका रघुजीले शिक्षा क्षेत्रमा योगदान देलान् भन्न सकिने अवस्था छैन ।
विद्या भट्टराईको तुलनामा रघुजीमा शिक्षा मन्त्रालयसँग १ प्रतिशत पनि ज्ञान छैन । प्रधानमन्त्री ओलीले उनलाई आठौँ वरियतामा राखेका छन् । वरियताको चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँमा गृहमन्त्री रमेश लेखक, छैटौँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र सातौँ नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा छिन् । त्यसपछि पन्त आठौँ नम्बरमा अटाएका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार मात्रै अर्को गलत कदम पनि चालेका छन् । ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका छन् । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्य विभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जा राज्यमन्त्रीको पद भने खाली छ । प्रधानमन्त्री ओलीले तामाङलाई हटाउनुको एउटै कारण हो, ‘आफ्नो पक्षमा नबोल्नु अर्थात आफ्नो विरुद्धमा खुलेआम बोल्दै हिँड्नु ’
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि पूर्णबहादुरले ओलीको विरोध गरेका थिए । जनताको पक्षमा काम गरिरहेका कुलमानलाई ओलीले हटाउनु ठिक नभएको उनले खुलेआम भनेका थिए । कुलमानको पक्षमा बोलेपछि प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डको बैंककमा रहेका बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्। कांग्रेसको २०७८ मा भएको १४ औं महाधिवेशनबाट रामेछाप सभापति तथा २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावबाट प्रतिनिधि सभा सदस्य निर्वाचित तामाङ २०८१ साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए।
ओली सरकारका मन्त्रीमा भएकाहरु सबै उनको पक्षमा बोल्ने मात्रै छन् । आफ्नो विरुद्धमा उभिनेलाई ओलीले एक सेकेण्डमै बाइपास गरिदिन्छन् । ओलीले यसभन्दा अघि एमालेभित्र आफ्नो विरुद्धमा बोल्ने नेताहरुको राजनीतिक भविश्यनै सखाप पारेका थिए । अब आफ्नो विरुद्धमा बोल्ने मन्त्रीहरुलाई उनले पदबाट हटाएर आफ्नो चाकडी गर्नेलाई ल्याउदैँछन् । ओलीका यी गलत कदमको चौतर्फी विरोध भइरहेको छ ।