आइतवार, आश्विन २५ गते २०८३

कांग्रेसको महाधिवेशन उम्मेदवारी शुल्क तय, कुन पदको लागी कति ?

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क प्रस्ताव गरिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले बनाएको निर्देशिका पेश गरेका हुन् ।

बैठकमा महाधिवेशनमा मनोनयन शुल्क बढाउन प्रस्ताव समेत गरिएको छ । सभापतिको मनोनयन शुल्क ३० हजार, उपसभापतिको २५ हजार, महामन्त्रीको २५ हजार, सहमहामन्त्रीको २० हजार र केन्द्रीय सदस्यले १० हजार उम्मेदवार मनोनयन शुल्क बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ । प्रदेश सभापतिको उम्मेदवारका लागि १५ हजार, जिल्ला सभापतिको उम्मेदवार बन्न १० हजार, प्रतिनिधि सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्न ७ हजार, प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ ।

गाउँ र वडा तहको शुल्क भने सबैभन्दा कम राखिएको छ । गाउँ र नगर वडा कार्यसमितिको सभापतिको पदका लागि ५ सय प्रस्ताव गरिएको छ । निर्धारण गरिएको शुल्क भने केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि लागू हुने छ ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार