काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि शनिबार बिहान ७ः३० बजे वार्ता हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको जनाएका हुन्।
पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ।
मन्त्रालयले आजको बैठक कारणवस हुन नसकेको पनि भनेको छ। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो।