काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ ले रिलिजको पहिलो दिनमै दर्शकको साथ पाउन सकेन । चलचित्रको पहिलो दिनको व्यापार अंकमा भन्न पनि लाजमर्दो रहेको निर्माण स्रोतले बताउँछ ।
फिल्म रिलिजपूर्व अभिनेत्री सुरक्षाको राजनीतिक अभिव्यक्ति विवादमा मुछिएपश्चात दर्शक उनको पक्ष र विपक्षमा उभिए । फिल्मको प्रचार प्रसारका लागि अन्तर्वाता दिन भएकी अभिनेत्री सुरक्षा पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहको विषयमा गरेको टिप्पणीले नै उनमाथि संकट पैदा गर्यो ।
अन्तर्वार्तामा सुरक्षा पन्तलाई हृदयन्द्र शाहको तस्बिर देखाएर उनको बारेमा टिप्पणी गर्न भनियो। जवाफमा उनले भनेकी थिइन् ‘ग्रान्ड चाइल्ड अफ किङ.. पारसको छोरो होइन? के रे नाम ? कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनले थपिन्, ‘उहाँको ठुलो फ्यान छ नि दाइ । योङ्स्टर नानी केटीहरूको । धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा’
कार्यक्रममा उनलाई फेरि भविस्यामा कुन रूपमा हेर्न चाहनुहुन्छ ? भनेर प्रश्न गरिन्छ । ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । अन्तरवार्ताको यो क्लिप अहिले टिकटक र फेसबुकमामा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ । भने, उनको फिल्मलाई बहिस्कार गरौँ अभियाननै चलेको छ । यसैबीच शुक्रबार उनको फिल्म खेल रिलिज भयो । तर, फिल्म हलसम्म दर्शक नै आएनन् ।
राजतन्त्रवादीले उनीविरुद्ध सामाजिक सञ्जालमा बहिष्कार अभियान चलाउदा गणतन्त्रवादीले उनको समर्थन र वाहवाही गरे । तर, गणतन्त्रवादी दर्शक पनि फिल्म हेर्न हलसम्म गएनन् । गणतन्त्रवादी दर्शकहरु हेर्न आउने आशामा हलहरुले यो चलचित्रलाई १५० शो उपलब्ध गराएको थियो । तर, अधिकांश शोहरुमा हल रित्तो भएको निर्माण स्रोत बताउँछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रबारे गरेको टिप्पणीले सुरक्षा पन्तको गाली पनि खाइन फिल्म पनि फलप हुने संकेत देखिन्छ । थ्रिलर जनरामा बनेको खेल चलचित्र अनुराग प्रधान र आस्था श्रेष्ठले निर्माण एवं निर्देशन गरेका हुन् । स्टार कास्ट कमजोर रहेको हुँदा चलचित्रले कुनै हाइप बनाउन सकेको थिएन । त्यसमाथि प्रमुख कलाकार सुरक्षा नै गम्भीर कन्ट्रोभर्सीमा परेपछि त्यसको असर व्यापारमा देखिएको हो ।