काठमाडैँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न नचाहेको बताएका छन्।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथसोसियलमा पोस्ट गर्दै रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि त्यसको आलोचना हुने बताएका हुन् ।
क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम आइपुगेका डोनाल्ड ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए। सेन्टर पिटर्स स्क्वायरमा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका थिए।
यसको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् , ‘रूस युक्रेनको मामिलामा, मैले जुनसुकै सम्झौता प्रस्तुत गरे पनि, जतिसुकै राम्रो किन नहोस्, यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता भए पनि, मेरो आलोचना हुन्छ।’