आइतवार, श्रावण २४ गते २०८३

सबै शिक्षक र कर्मचारीलाई काठमाडौँ आउन शिक्षक महासंघको अपिल, आन्दोलनलाई थप चर्काउने

सोमवार , बैशाख १५, २०८२

२६ दिनदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आन्दोलनलाई थप चर्को पार्ने भएका छन् ।

शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरीसँग झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आइतबार राज्यले शिक्षकहरूमाथि अत्याचार गरेको भन्दै त्यसको प्रतिकार गर्ने बताएको छ ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारी माथि भएको क्रूर दमनको विरोधमा उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।

उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार