मंगलवार, आश्विन १३ गते २०८३

पहलगाम हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा लेखेको आरोपमा २८ जना गिरफ्तार

सोमवार , बैशाख १५, २०८२

काठमाडौँ । पहलगाम आतंकवादी हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेको आरोपमा भारतका ७ राज्यबाट २८ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा आसामको विपक्षी दल एआईयूडीएफका एक विधायक, एक पत्रकार, एक वकिल, दुई सेवानिवृत्त शिक्षक र २३ विद्यार्थी छन्।

दैनिक भास्करका अनुसार सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरेको आरोपमा उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, आसाम, मेघालय र त्रिपुराका व्यक्तिहरूलाई पक्राउ गरिएको हो। जसमा सबैभन्दा धेरै असमबाट १६ जना पक्राउ परेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार