आइतवार, श्रावण २४ गते २०८३

शिक्षक आन्दोलन आज पनि निरन्तर

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ । शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। 

महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।

बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्। 

सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् १५ गतेको आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीलाई धन्यवाद दिँदै आजको आन्दोलनमा पनि सहभागी हुन आह्वान गरेका हुन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार